समचार
प्रमुख प्रशासकीय अधिकृत श्री डिल्लीराम सुबेदीको स्वागत कार्यक्रम
माङसेबुङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत श्री लाल बहादुर श्रेष्ठ सर को अन्य क्षेत्रमा सरुवा भएपश्चात माङसेबुङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा मिति २०७५/१२/२६ गते फाकफोकथुम गाउँपालिका बाट माङसेबुङ गाउँपालिकामा सरुवा भइ आउनु भएका श्री डिल्लीराम सुबेदीलाइ आज मिति २०७६/०१/१५ गते आइतबार यस गाउँपालिकाको अध्यक्ष श्री डिकेन्द्र इदिङ्गो को अध्यक्षता रहेको कार्यक्रम को सञ्चालन योजना प्रमुख श्री लक्ष्मण ढुङ्गेलले सञ्चालन गर्नु भएको थियो । उक्त कार्यक्रममा शसस्त्र प्रहरी बल चिसापानी पञ्चमीमा आउनु भएका नयाँ इन्सपेक्टर श्री सञ्जय कुमार गोहित, चिसापानी प्रहरी चौकि मा आउनुभएका नयाँ प्र.ना.नि. श्री राजु ठकुरी राजु ठकुरी र प्रधानमन्री रोजगार कार्यक्रमका संयोजक दिपेश कुमार दास लाइ समेत स्वागत गरिएको थियो । उक्त कार्यक्रममा यस गाउँपालिकाको सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु, बिभिन्न निकाय तथा कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न दलका प्रतिनिधीहरु, पत्रकारहरु तथा अन्य समाजसेवि, बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य वडा नं. ३ का वडाध्यक्ष श्री मैतराज राइ ले राख्नुभएको थियो। बिभिन्न वक्ताहरुले माङसेबुङ गाउँपालिकाको समग्र विकास, कार्ययोजना तथा जनहितका लागि आवश्यक मन्तव्यहरु राख्नु भएको थियो ।
आर्थिक वर्ष:
सेवाहरु


१. निवेदन पत्र
२. नागरिता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
३. विदेशीको हाकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस
४. २ प्रति फोटो
५. घर बहाल सम्झौता
६. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
७. स्थानीय तहको नाम मा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि


१. मृतकको नागरिकता
२. सुचकको नागरिकता


१. बाबुको नागरिकता
२. आमाको नागरिकता
३. सुचकको नगारिकता


१. बाबु आमाको नागरिकताको फोटोकपि
२. नागरिकता सिफारिसको लागि निबेदन वडाध्यक्ष लाई सम्बोधन गरिएको
३. विवाहित बुहारी भए माइति बाबु वा दाजुभाइको नागरिकता
४. वडा सर्जिमिन मुचुल्का
५. पासपोर्ट साइजको फोटो २ प्रति
६. शैक्षिक प्रमाणपत्र कक्षा ५, ८, १० वा सो भन्दा ंमाथिको जन्म मिति खुल्ने गरी
७. विवाहित भए विवाह दर्ता प्रमाण पत्र (महिलाका लागि मात्र)