FAQs Complain Problems

समचार

सिलबन्दी दरभाउपत्र आह्वानको सुचना (Procurement of Fabricated Steel Parts for Bardemba Truss Bridge) सूचना प्रकाशित भएको मिति २०७९ भाद्र २३ गते

यस गाँउपालिकालाई आ.व. २०७९/०८० मा तपशिल बमोजिमको निर्माण सामाग्री खरीद गर्नुपर्ने भएकाले सम्बन्धित कार्यको लागि ईजाजत प्राप्त, मूल्य अभिवृद्दि करमा दर्ता भएका, ईच्छुक कम्पनीहरूबाट निम्न शर्तहरूको अधिनमा रही सिलबन्दी दरभाउपत्र आव्हान गरिएको छ।

सि.नं.

ठेक्का नं.

कामको विवरण

बोलपत्र फारम दस्तुर

अनुमानित लागत (PS र VAT सहित)

जमानत रकम

कैफियत

MRM/SQ/GOODS/2079/80-01

Procurement of Fabricated Steel Parts for Bardemba Truss Bridge

1,000/-

 

18,52,790.20/-

50,000/-

E-Bidding Only

शर्तहरु

  1. योग्य निर्माण कम्पनीहरूले www.bolpatra.gov.np/egp मा गएर दरभाउपत्र फारम Download गरि प्राप्‍त गर्नु पर्नेछ । दरभाउपत्रदाताले दरभाउपत्र सम्बन्धी कागजातहरू खरीद बापत रु. १,०००/- पछि फिर्ता नहुने गरि सिटिजन्स बैंक ईन्टरनेसनल, माङसेबुङ शाखामा रहेको गाउँपालिकाको आन्तरिक राजश्व खाता नं. ०६९०१०००००००१२०२ मा जम्मा गर्नुपर्ने छ।
  2. ईच्छुक दरभाउपत्रदाताहरुलेमिति २०७९/०६/०७ गते १२:०० बजेभित्र दरभाउपत्र सम्बन्धि कागजातहरु धरौटी खातामा जमानत बापतको रकम जम्मा गरेको भौचर र अन्य आवश्यक सम्पूर्ण कागजात (स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि,  आ.व.२०७७/०७८ को कर चुक्ता प्रमाणपत्र प्रतिलिपि, कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि, ईजाजतपत्रको प्रतिलिपि, नविकरणको प्रतिलिपि)स्क्यान गरि www.bolpatra.gov.np/egp  मा upload गर्नु पर्ने छ । सो समयावधि भन्दा ढिलो गरि आउने दरभाउपत्र स्वीकार गरिने छैन। यसरी दर्ता भएका सिलबन्दी दरभाउपत्र सोही दिनको ०१:०० बजेखोलिनेछ।
  3. जमानत बापतको रकम सिटिजन्स बैंक ईन्टरनेसनल, माङसेबुङ शाखामा रहेको धरौटि खाता नं. ०६९०१००००००२९२०१ मा जम्मा गर्नु पर्ने छ वा नेपाल राष्ट्र बैंकबाट ईजाजत प्राप्त बैंकबाट सो बराबरको जमानत पेश गर्नु पर्नेछ र उक्त जमानतको मान्य अवधि ७५ दिनको हुनुपर्नेछ ।
  4. सिलबन्दी दरभाउपत्र पेश गर्ने र खोल्ने अन्तिम दिन सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय खुल्ने दिन माथि उल्लेख गरिएको समयमा सिलबन्दी दरभाउपत्र पेश गर्ने र खोल्ने अन्तिम मिति कायम हुनेछ। यस्तो अवस्था जमानतको मान्य अवधि भने साविककै  मिति देखि गणना गरिनेछ।
  5. कुनै वा सवै दरभाउपत्र पुरै वा आंशिक रूपमा स्वीकार गर्ने वा अस्वीकार गर्ने सर्वाधिकार यस कार्यालयमा निहित रहने छ।
  6. रितपुर्वक दर्ता भएका सिलबन्दी दरभाउपत्रहरू प्रचलित कानुन बमेजिम तोकिएका निर्माण कम्पनीको प्रतिनिधिको रोहवरमा खोलिनेछ तर निजको प्रतिनिधि उपस्थित नभएमा पनिसिलबन्दी दरभाउपत्र खोल्न बाधा पर्ने छैन।
  7. यस सुचनामा उल्लेख नभएका कुराहरूको हकमा सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ तथा प्रचलित कानुन बमोजिम हुनेछ।
  8. थप जानकारीका लागि यस कार्यालयमा वा सूचना अधिकारी ओम प्रकाश खड्का मो. नं. ९८५११६६४९६ मा कार्यालय समय भित्र सम्पर्क गर्न सकिनेछ ।

 

                                                                  

                                                                                                                                             मञ्जु भट्टराई 

                                                                                                                                                                                                                                                                                  नि. प्रमुख प्रशासकीय अधिकृत       

आर्थिक वर्ष:

सेवाहरु

सेवा प्रकारः- नँया व्यवसाय दर्ता
सेवा समयः- सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. नागरिता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि

३. विदेशीको हाकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस

४. २ प्रति फोटो

५. घर बहाल सम्झौता

६. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

७. स्थानीय तहको नाम मा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- मृत्यु दर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता

२. सुचकको नागरिकता

 

सेवा प्रकारः- जन्मदर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. बाबुको नागरिकता 

२. आमाको नागरिकता

३. सुचकको नगारिकता

सेवा प्रकारः- नगारिकताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. बाबु आमाको नागरिकताको फोटोकपि

२. नागरिकता सिफारिसको लागि निबेदन वडाध्यक्ष लाई सम्बोधन गरिएको

३. विवाहित बुहारी भए माइति बाबु वा दाजुभाइको नागरिकता

४. वडा सर्जिमिन मुचुल्का

५. पासपोर्ट साइजको फोटो २ प्रति

६. शैक्षिक प्रमाणपत्र कक्षा ५, ८, १० वा सो भन्दा ंमाथिको जन्म मिति खुल्ने गरी

७. विवाहित भए विवाह दर्ता प्रमाण पत्र (महिलाका लागि मात्र)