समचार
माङसेबुङ्ग गाउँपालिकाको परिचय
माङसेबुङ्ग साबिक गाउँपालिका ईलाम जिल्लाको एक सुन्दर गाउँपालिका हो । यो साबिक गजुरमुखी, ईभाङ र बाजो गा.वि.स. मिलेर बनेको गाउँपालिका हो । यस गाउँपालिकामा पुर्वकै प्रसिद्ध मानिने गजुरमुखी धाम, माङमालुङ, किरात धर्मावलम्बीहरुको धार्मिक स्थल लारुम्बा जस्ता प्रसिद्ध तिर्थस्थलहरु रहेका छन्। ईलाम जिल्लाको पश्चिम दक्षिणमा अवस्थित माङसेबुङ्ग गाउँपालिका कुल १४२.४१ बर्ग किलोमिटरमा फैलिएको छ। झापा जिल्लासँग उत्तर दक्षिण कच्ची सडक यातायातले जोडिएको यस गाउँपालिका मा राँके रवि सडक अन्तर्गत पाचथर जिल्लाको रवि बजार हुदै आवतजावत गर्न सकिन्छ। पश्चिम क्षे त्रका बाँझो, गजुरमुखी र इभाङ गरी तिनवटा साबिकका गा वि स हरु मिलाएर यो गाँउपालिका बनाइएको छ। पूर्वमा देउमाई, र माई,नगरपालिका, पश्चिम र दक्षिणमा चुलाचलि गाँउपालिका तथा उत्तरमा फाकफोकथुम गाँउपालिका र पाँचथर जिल्ला सँग सिमाना जोडिएर रहेको छ। ६ वटा वडामा विभाजित यो गाउँ पालिकाको केन्द्र साबिकको इभाङ्ग गा.बि.स कार्यलय रहनेगरि ब्यवस्था मिलाइएको छ। अम्लिसो र अदुवा यस क्षेत्रको प्रमुख नगदेबालि हो भने अन्न उत्पादन गर्ने ठुलठुला फाँटहरु यस क्षेत्रमा पर्दछन। गजुरमुखीधाम, माङसेबुङ्ग जस्ता प्रसिद्ध धार्मिक स्थलहरु रहेको यो क्षेत्रमा धार्मिक पर्यटनको सम्भावना एकदमै बढी छ।
जिल्लाको कुल जनसंख्याको करिब ६.४ प्रतिशत जनसख्या बसोबास गर्ने यस क्षेत्रको औसत जनघनत्व १३० वर्ग कि.मि. रहेको छ। सामाजिक वनावटका आधारमा लिम्बु जातिको बाहुल्यता ४३%, रहेको यस क्षेत्रमा राई जाति दोस्रो प्रमुख ३६% जाति हो। त्यसपछी नेवार, मगर, दलित, ब्राम्हण, क्षेत्री आदि बिबिध जातिको बसोबास भएको पाईन्छ। किराँत धर्म गुरु आत्मानन्द लिङ्गदेनको कुटि र मन्दिरहरुका कारण यस क्षेत्रलाि देवस्थल मान्दै यसको नामाकरण गरिएको हो। माङसेबुङ्ग लिम्बु भाषामा राखिएको नाम हो जसको अर्त देवाताको उत्पति भुमि देवताले रुचाएको भूमि भन्ने हुन्छ।
सेवाहरु


१. निवेदन पत्र
२. नागरिता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि
३. विदेशीको हाकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस
४. २ प्रति फोटो
५. घर बहाल सम्झौता
६. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
७. स्थानीय तहको नाम मा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि


१. मृतकको नागरिकता
२. सुचकको नागरिकता


१. बाबुको नागरिकता
२. आमाको नागरिकता
३. सुचकको नगारिकता


१. बाबु आमाको नागरिकताको फोटोकपि
२. नागरिकता सिफारिसको लागि निबेदन वडाध्यक्ष लाई सम्बोधन गरिएको
३. विवाहित बुहारी भए माइति बाबु वा दाजुभाइको नागरिकता
४. वडा सर्जिमिन मुचुल्का
५. पासपोर्ट साइजको फोटो २ प्रति
६. शैक्षिक प्रमाणपत्र कक्षा ५, ८, १० वा सो भन्दा ंमाथिको जन्म मिति खुल्ने गरी
७. विवाहित भए विवाह दर्ता प्रमाण पत्र (महिलाका लागि मात्र)