FAQs Complain Problems

शिलबन्दी दरभाउपत्र आब्हान सम्बन्धि सुचना

 

                                                                                                                                                                            माङसेबुङ्ग गाउंपालिका

                                                                                                                                                                        गाउं कार्यपालिकाको कार्यालय

                                                                                                                                                                      इभाङ्ग, इलाम १ नं. प्रदेश, नेपाल

 

                                                                                                                                                                    शिलबन्दी दरभाउपत्र आब्हान सम्बन्धि सुचना

                                                                                                                         

             प्रथम पटक प्रकाशित मितिः २०७६।२।१८ गते

१. माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय इभाङ्ग, इलाम तल उल्लेखित सामानहरु तोकिएको स्थानहरुमा आपुर्ती गर्न मान्यता प्राप्त ईच्छुक उत्पादक वा आपुर्तीकर्ताहरुबाट रितपुर्वकको शिलबन्दी दरभाउपत्र आब्हान गर्दछ ।

२. शिलबन्दी दरभाउपत्र फर्म दर्ता प्रमाण पत्र, नविकरण प्रमाण पत्र, ०७४।७५ को कर चुक्ता प्रमाण पत्र, पान।भ्याट दर्ता प्रमाण पत्र र यस कार्यालयको नाममा सिटिजन्स बैंक इन्टरनेशनल लि माङसेबुङ शाखामा रहेको स्थानीय संचित कोष खाता नं  0690100000026201  मा रु १०००।० (पछि फिर्ता नहुने) जम्मा गरेको सक्कल भौचर सहितको निवेदन पेश गरी मिति २०७६।२।३२ गते कार्यालय समयभित्र खरिद गर्न सकिने छ ।

३. खरीद गरेको शिलबन्दी दरभाउ पत्र मिति २०७६।३।१ गते दिनको १२.०० बजे भित्र माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय इभाङ्गमा दाखिला गर्नु पर्नेछ । उक्त समय भित्र दर्ता भएका शिलबन्दी दरभाउपत्र मिति २०७५।३।१ गते दिनको १.०० बजे बिभिन्न कार्यालयको प्रतिनिधि, दरभाउपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा खोलिनेछ । उक्त समयमा दरभाउपत्रदाता वा निजको प्रतिनिधि उपस्थित नभए पनि दरभाउपत्र खोल्न बाधा पर्ने छैन । एक पटक पेश भएको दरभाउपत्र संशोधन गर्न वा फिर्ता लिन पाइने छैन।

४. दरभाउपत्रको प्रत्येक पानामा आधिकारिक व्यक्तिले सहिछाप गरी खामको बाहिरी भागमा कार्यालयलाई संबोधन गरी ठेक्का नं, ठेक्ककाको नाम, दरभाउपत्रदाताको नाम, मोबाइल नं., पत्रचार गर्ने ठेगाना खुलाई फर्मको छाप लगाई तोकिएको समयभित्र यस कार्यालयमा दर्ता गराउनु पर्नेछ । शलबन्दी नभई पेश भएको दरभाउपत्र मान्य हुने छैन ।

५. शिलबन्दी दरभाउपत्र खरीद र दाखिला गर्ने अन्तिम दिन बिदा परेमा सोको लगत्तै कार्यालय खुलेको दिन खरीद र दाखिला गर्ने कार्य हुनेछ ।

६. शिलबन्दी दरभाउपत्रमा दर अंक र अक्षर दुबैमा स्पष्ट लेख्नु पर्नेछ ।अंक र अक्षरमा लेखिएको फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ ।

७. शिलबन्दी दरभाउपत्रसाथ जमानत वापतको रकम यस कार्यालयको नाममा सिटिजन्स बैंक इन्टरनेशनल लि., माङसेबुङ शाखामा रहेको धरौटी खाता नं  0690100000029201   जम्मा गरेको सक्कल भौचर वा दरभाउपत्र दाखिला गर्ने अन्तिम मितिबाट कम्तिमा ७५ दिन म्याद भएको क वर्गको बाणिज्य बैंकबाट यस कार्यालयको नाममा जारी भएको सक्कल बैंक जमानत विड वण्ड पेश गर्नु पर्नेछ ।

८. स्वीकृत दरभाउपत्रदाताले आपुर्ती गरेको सामानको भुक्तानी सामानको शर्त सम्बन्धि विवरण अनुसार भएको भनी प्रमाणित भए पश्चात गरिनेछ ।

९. दरभाउपत्र स्वीकृत वा अस्वीकृत गर्ने अधिकार कार्यालयमा निहित रहनेछ ।

१०. यसमा उल्लेख नभएका बिषयहरुको हकमा दरभाउपत्र सम्बन्धि कागजात गाउँ कार्यपालिकाको निर्णय र प्रचलित कानून अनुसार हुनेछ ।

११. थप जानकारीको लागी कार्यालय समयमा मोवाइल नं  ९८४२२८६५५१  मा सम्पर्क गर्न सकिनेछ ।

विवरण

ठेक्का नं

कामको विवरण

जमानत रकम

फारम दस्तुर

१।०७५।७६

गाउँपालिकाका बिभिन्न वडामा मेशिनबाट तयार गरिएको ग्याविन जाली (Gabian Boxes) आपुर्ती

२५०००।०

१०००।०

 

                                                                             

                                                                                                                                                                                                                                                                                                                                             प्रमुख प्रशासकीय अधिकृत

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

सेवाहरु

सेवा प्रकारः- नँया व्यवसाय दर्ता
सेवा समयः- सोहि दिन , सर्जिमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सचिव/सम्बन्धित कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- कार्यपालिकाको निर्णय अनुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र

२. नागरिता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि

३. विदेशीको हाकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुताबासको निजको परिचय खुल्ने सिफारिस

४. २ प्रति फोटो

५. घर बहाल सम्झौता

६. आफ्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको

७. स्थानीय तहको नाम मा दर्ता नगरी पान (PAN) वा अन्य निकायमा दर्ता वा अन्य निकायबाट जारि गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपि

सेवा प्रकारः- मृत्यु दर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. मृतकको नागरिकता

२. सुचकको नागरिकता

 

सेवा प्रकारः- जन्मदर्ताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन सम्म मा गरेमा निःशुल्क, ३५ दिन नाघेको हकमा रु.१००
आवश्यक कागजातहरुः-

१. बाबुको नागरिकता 

२. आमाको नागरिकता

३. सुचकको नगारिकता

सेवा प्रकारः- नगारिकताको सिफारिस
सेवा समयः- १ दिन
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

१. बाबु आमाको नागरिकताको फोटोकपि

२. नागरिकता सिफारिसको लागि निबेदन वडाध्यक्ष लाई सम्बोधन गरिएको

३. विवाहित बुहारी भए माइति बाबु वा दाजुभाइको नागरिकता

४. वडा सर्जिमिन मुचुल्का

५. पासपोर्ट साइजको फोटो २ प्रति

६. शैक्षिक प्रमाणपत्र कक्षा ५, ८, १० वा सो भन्दा ंमाथिको जन्म मिति खुल्ने गरी

७. विवाहित भए विवाह दर्ता प्रमाण पत्र (महिलाका लागि मात्र)