FAQs Complain Problems

नागरिकता बितरण, अपाङ्ग परिचय पत्र बितरण, आँखा शिविर तथा अन्य शिविर सञ्चालन सम्बन्धि अत्यन्त जरुरि सुचना

 

सूचना !                              सुचना!!                              सुचना !!!

 

 

यस माङसेबुङ्ग गाँउपालिकामा यहि मिति २०७५ साल जेष्ठ १७ र १८ गते सञ्चालन हुन गइरहेको एकिकृत घुम्ती सिविर  अन्तर्गतका निम्न कार्यक्रममा सक्रिय सहभागिता जनाइ सेवा लाभ लिनहुन सम्पुर्ण गाँउपालिकाबासी आमाबुवा दाजुभाइ तथा दिदिबहिनिहरुमा यो सुचना जानकारीका लागि अनुरोध गरिन्छ।

एकिकृत घुम्ति शिबिर आयोजनामा प्रदान गरिने सेवा प्रवाहहरु निम्न अनुसार रहेका छन।

 

 

  1. नेपाली नागरिकताको प्रमाणपत्र बितरण : जिल्ला प्रशासन कार्यालय, इलाम बाट
  2. अपाङ्ग परिचय पत्र बितरण :महिला तथा बालबालिका कार्यालय, इलाम बाट
  3. फोटो सहितको मतदाता नामवलि अध्यावधिक गर्ने : निर्वाचन कार्यालय, इलाम बाट
  4. कृषि, पशु तथा स्वास्थ्य सेवा सम्बन्धि परामर्श कार्यहरु: सम्बन्धित गा.पा. को कार्यालय बाट
  5. बैंकिङ सेवा सम्बन्धी कार्यहरु : सिटिजन इन्टरनेशनल बैंक माङसेबुङ बाट
  6. गैर सरकारी संघ संस्था हरुबाट प्रदान गरिने सेवा प्रवाह आदि बाट

 

स्थान : दुर्गा मा.वि, माङसेबुङ-३,आदिपुर, खलङ्गे

मिति: २०७५ जेष्ठ १७ र १८ गते

 

 

आँखा शिविर सम्बन्धि : बिराटनगर आँखा अस्पताल बिराटनगरबाट मिति २०७५ जेष्ठ १९ गते शनिबारका दिन वडा नं. ४ वडा कार्यालय मार्चेबुङमा निशुल्क जाँच तथा शल्यक्रिया हुने जानकारि गराउदछौ।

 

नोट: आँखा शिविरका लागि  screening test  हरेक वडाहरुमा छुट्टाछुट्टै निम्न मितिमा गरिने भएकाले सहयोग गरिदिनुहन आमबासिमा हार्दिक अनुरोध गर्दछौ।

 वडा नं. १ मा १३ गते आइतबार,

 वडा नं. २ मा १४ गते सोमबार,

 वडा नं. ६ मा १५ गते मंगलबार,

 वडा नं. ५ मा १६ गते बुधबार

 वडा नं. ३ स्थित खलङ्गेमा १७ र १८ गते बिहिबार र शुक्रबार

 र वडा नं. ४ मा १९ गते शनिबार

 

आयोजक : माङसेबुङ्ग गाँउपालिका

 

 

आर्थिक वर्ष: