शिविर सञ्चालन हुने जानकारीका लागि प्रकाशन गरिएको सूचना ।

  • श्रेणी

    सूचना

  • कार्यक्रम मिति

    २०८३-०६-०५ · ०९:०० २०८३-०६-०६ · १७:००

  • स्थान

    दमक नगरपालिका–१, सताक्षी मार्ग (Archieve Hotel – राजन श्रेष्ठको घर)

विषय: शिविर सञ्चालन हुने जानकारीका लागि प्रकाशन गरिएको सूचना ।

श्री सरोकारवाला सबै,

            उपरोक्त सम्बन्धमा मिति २०८३ साल भाद्र १० गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयबमोजिम ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका आवश्यक सेवाहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यले निम्न मिति, समय र स्थानमा दुई दिने घुम्ती सेवा शिविर सञ्चालन गरिने भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।

            उक्त घुम्ती सेवा शिविरमा सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका आवश्यक सेवाहरू उपलब्ध गराइने भएकाले सम्बन्धित ज्येष्ठ नागरिक तथा सेवाग्राहीहरूले आवश्यक कागजातसहित तोकिएको स्थानमा उपस्थित भई सेवा लिनुहुन अनुरोध छ।

शिविर सञ्चालन हुने विवरण:

१. मिति: २०८३ साल असोज ५ र ६ गते
२. स्थान: दमक नगरपालिका–१, सताक्षी मार्ग
          (Archieve Hotel – राजन श्रेष्ठको घर)
३. समय: बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म

 

थप जानकारीका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।