अ.हे. ब पद करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना ।

अ.हे. ब पद करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना

(सूचना प्रकाशन मिति: २०८३/०६/१२)

माङसेबुङ गाउँपालिका, वडा नं. ६ स्थित टोड्के आधारभूत स्वास्थ्य केन्द्रका लागि देहायको पदमा करारमा पदपूर्ति गर्नुपर्ने भएकोले देहायको योग्यता पुगेका इच्छुक उम्मेदवारहरुले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्रमा यस कार्यालयमा दरखास्त पेश गर्न यो सूचना प्रकाशन गरिएको छ ।

देहाय:

१. विज्ञापन नम्बर र सेवा सम्बन्धी विवरण

क्र.सं.

विज्ञापन नं.

पद

तह

माग संख्या

न्यूनतम शैक्षिक योग्यता

१

०२-०८३/०८४

अ. हे. ब

चौंथो

१ (एक)

मान्यता प्राप्त शैक्षिक संस्थाबाट सी.एम.ए. कोर्ष उत्तीर्ण गरी सम्बन्धित व्यवसायिक परिषदमा नाम दर्ता तथा नवीकरण भएको।

२. दरखास्त दिने स्थान

माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, इभाङ, इलाम।

३. दरखास्त दिने अन्तिम मिति - २०८३/०६/२६ गतेसम्म, कार्यालय समयभित्र।

४. दरखास्त दस्तुर- रु. ४००।-( चार रुपैयाँ मात्र)।अनलाईन मार्फत भुक्तानी गर्नु परेमा MANGSEBUNG GA.PA GA-1.1 ANTARIK RAJASWAKHATA 0690100000001202 मा गर्न सकिनेछ ।

५. छनोटको किसिम- लिखित परीक्षा र अन्तर्वार्ता।

६. उमेर - दरखास्त दिने अन्तिम मितिसम्म २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ। महिला तथा अपाङ्गता भएका उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।

७. आवेदनका साथ संलग्न गर्नुपर्ने कागजातहरू

आवेदक दरखास्त निवेदन सहित स्वयंले प्रमाणित गरेको देहायबमोजिमका कागजातहरूको प्रतिलिपि संलग्न गर्नुपर्नेछः

  1. नेपाली नागरिकताको प्रमाणपत्र,
  2. न्यूनतम शैक्षिक योग्यताको लब्धाङ्कपत्र,
  3. चारित्रिक प्रमाणपत्र,
  4. अनुभव भए सो खुल्ने प्रमाणपत्र/कागजात,
  5. सम्बन्धित व्यावसायिक परिषदमा दर्ता/नवीकरण भएको प्रमाणपत्र,
  6. पासपोर्ट साइजको फोटो ३ (तीन) प्रति।

८. तलब- मासिक अधिकतम रु. ३०,०००।- (अक्षरेपी तीस हजार रुपैयाँ मात्र) पारिश्रमिक उपलब्ध गराउने।

९. लिखित परीक्षाको पाठ्यक्रमः कोशी प्रदेश लोक सेवा आयोगको स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूह, सहायकस्तर चौथो तह, अ.हे.ब. वा सो सरह पदको पाठ्यक्रम बमोजिम लिखित परीक्षा सञ्चालन गरिनेछ।

१०. छनौट परीक्षाको मिति : पछि प्रकाशित गरिनेछ ।

नोट: कार्यविधि अनुसार स्थानीय र अनुभवीलाई प्राथमिकता दिइनेछ । दरखास्त आवेदन फाराम तथा अन्य जानकारीका लागि माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, इभाङ, इलामको https://mansebungmun.gov.np बाट प्राप्त गरिन सकिनेछ र अनलाईन मार्फत आवेदन पठाउनु पर्ने भएमा ito.mansebungmunilam@gmail.com मा पठाउन हुन र थप जानकारीका लागि प्रशासन शाखामा सम्पर्क राख्न सकिनेछ।