Flash News

धार्मिक सास्कृतिक जैविक तथा प्राकृतिक विविधताले भरिपुर्ण माङसेबुङ गाँउपालिका यँहारुलाइ हार्दिक स्वागत गर्दछ । धन्यवाद

माङसेबुङ्ग गाउँपालिकाको परिचय

माङसेबुङ्ग गाउँपालिका ईलाम जिल्लाको एक सुन्दर गाउँपालिका हो । यो साबिक गजुरमुखी, ईभाङ र बाजो गा.वि.स. मिलेर बनेको गाउँपालिका हो । यस गाउँपालिकामा पुर्वकै प्रसिद्ध मानिने गजुरमुखी धाम, माङमालुङ, किरात धर्मावलम्बीहरुको धार्मिक स्थल&nbsp;लारुम्बा जस्ता प्रसिद्ध तिर्थस्थलहरु रहेका छन्&nbsp; ।ईलाम जिल्लाको पश्चिम दक्षिणमा अवस्थित माङसेबुङ्ग गाउँपालिका कुल १४२.४१ बर्ग किलोमिटरमा फैलिएको छ। झापा जिल्लासँग उत्तर दक्षिण कच्ची सडक यातायातले जोडिएको यस गाउँपालिका मा राँके रवि सडक अन्तर्गत पाचथर जिल्लाको रवि बजार हुदै आवतजावत गर्न सकिन्छ। पश्चिम क्षे त्रका बाँझो, गजुरमुखी र इभाङ गरी तिनवटा साबिकका गा वि स हरु मिलाएर यो गाँउपालिका बनाइएको छ। पूर्वमा देउमाई, र माई,नगरपालिका, पश्चिम र दक्षिणमा चुलाचलि गाँउपालिका तथा उत्तरमा फाकफोकथुम गाँउपालिका र पाँचथर जिल्ला सँग सिमाना जोडिएर रहेको छ।</p><वटा वडामा विभाजित यो गाउँ पालिकाको केन्द्र साबिकको इभाङ्ग गा.बि.स कार्यलय रहनेगरि ब्यवस्था मिलाइएको छ।